Tuesday, June 19, 2012

अब एसएसलीमा कोही पनि फेल नहुने


काठमाडौं    

ःयचभ क्जबचष्लन क्भचखष्अभकक्जबचभ ्र क्जबचभ यल ाबअभदययप क्जबचभ यल तधष्ततभच क्जबचभ यल झबष् िक्जबचभ यल उचष्लत

परीक्षा नियन्त्रण कार्यालय ९पनिका० सानो ठिमीले एसएलसी ९प्रवेशिका० परीक्षा प्रभावकारी र व्यवस्थित बनाउन लेटर ग्रेड प्रणालीलागू गर्ने तयारी गरिरहेको छ । पनिकाले सम्भवतः आगामी एसएलसी परीक्षामै यो प्रणाली लागू गर्ने छ ।हालको नम्बर ग्रेड परीक्षा प्रणाली पूरानो ढर्राको भएको र समयसापेक्ष नभएको मूल्यांकन गर्दै पनिकाले परीक्षा प्रणाली परिवर्तन लागेको हो । माध्यमिक तह अन्तर्गतको कक्षा(८ देखि नै लेटर ग्रेड प्रणाली लागू गर्ने सोचाईमा परीक्षा नियन्त्रण कार्यलय रहेको छ ।लेटर ग्रेड प्रणाली अन्तर्राष्ट्रिय स्तरको परीक्षा प्रणाली हो । यसमा हालको जस्तो उत्तीर्ण र अनुत्तीर्ण भन्ने हुँदैन्, सहभागी सबै उत्तीर्ण हुन्छन् । परीक्षार्थीले प्राप्त गरेको अंकका आधारमा उसको मुल्यांकन हुने छ ।विद्यालय तहमा यो प्रणाली नयाँ मानिएपनि त्रिभुवन विश्वविद्यालयको एमफिल र काठमाण्डौं, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको परीक्षामा यो प्रणालील सुरु भईसकेको छ ।पनिकाले विद्यार्थीले प्राप्त गरेको अंकका आधारमा २० देखि ४० प्रतिसत ल्याउनेलाई डि ४१ देखि ६० सम्मलाई सी ६१ देखि ८० सम्मलाई बी र ८१ देखि माथिकालाई ए वर्गमा राख्ने तयारी गरेको छ ।
 माओवादीले जनविद्रोह मार्फत् जनक्रान्ति अघि बढाउने


काठमाडौं    

मोहन वैद्यको नेतृत्वमा बनेको नेपाल कम्यूनिष्ट पार्टी माओवादीले जनविद्रोह मार्फत् जनक्रान्ति अघि बढाउने घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी उसले पहिचान सहितको संघीयता र नागरिक अधिकार सुरक्षित नभए संघीयता पक्षधरले स्थानीय तहमा स्थानीय सत्ता र केन्द्रमा पनि समानान्तर सरकार बनाउने चेतावनी दिएको छ ।शान्ति प्रक्रियामा आएर माओवादीलाई गलाउन मात्रै खोजेको भन्दै नवगठित पार्टीका अध्यक्ष मोहन वैद्यले अब माओवादी नगल्ने र अधिकार प्राप्तिका लागि आवश्यक परे जनविद्रोह र जनयुद्ध जे पनि हुन सक्ने बताउनुभयो ।मुलुक भारतीय विस्तारवादको नवउपनिवेश बनेको भन्दै हस्तक्षेप नरोके भारतीय विस्तारवाद र दलाल पूँजिवाद विरुद्ध संघर्षको घोषणा गरेको छ । नवगठित माओवादीले तत्कालको समस्याबाट मुलुकलाई निकास दिन र संविधान बनाउन गोलमेच सम्मेलन र अन्तरिम सरकार बनाउनु पर्ने प्रस्ताव गरेको छ । संविधान सभाका नाममा सामन्त र दलालहरुसँग झगडा गर्दै बसेर संविधान नबन्ने वैद्यले बताउनुभयो ।राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउने घोषणा गर्दै उहाँले प्रचण्ड र बाबुरामले दक्षिणपन्थी विचार लिएर आत्मसमर्पण गरेकोले सम्बन्ध विच्छेद गर्नुपरेको घोषणा गर्नुभयो । प्रचण्डपथ गलत भएको स्वीकार गर्दै नव गठित नेकपा, माओवादीले मार्ग दर्शक सिद्धान्तका रुपमा माक्र्सवाद, लेनिनवाद, र माओवाद मान्ने घोषणा गरेको छ । मार्गदर्शक सिद्धान्तबाट माओ विचारधारालाई उसले हटाएको छ ।प्रचण्ड र बाबुरामले जनवादी क्रान्ति र राष्ट्रिय स्वाधीनताको पक्षमा सच्चिएर रुपान्तरण भएर आए एकताको ढोका खुला रहेको तर आफूहरु नजाने उनीहरु एकतामा आउनु पर्ने वैद्यले बताउनुभयो । विगतमा प्रचण्डले बाबुरामलाई भारत परस्त र बाबुरामले प्रचण्डलाई राजापरस्त भनेको उधृत गर्दै वैद्यले अहिले आफूहरुमाथि भारत र राजापरस्तहरुले आक्रमण गरिरहेको आरोप लगाउनुभयो ।

Thursday, June 14, 2012

 प्रचण्ड-बैद्यको दोहोरो प्रेमपत्र

३२ जेठ, काठमाडौं । छोडपत्र दिन लागेका श्रीमान-श्रीमती झैं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन वैध किरणबीच अहिले फकाउने र घुर्काउने क्रम चलिरहेको छ ।
भेटघाट र बोलचाल बन्द जस्तै भएको बेला मंगलबार प्रचण्ड, बैद्यकै घरमा पुग्नुभयो । जे हुनु भयो, अब म तपाईंले भनेको सबै मान्छु, बरु पद पनि छाडिदिन्छु, तपाइर्ंको लागि जे पनि गर्न तयार छु भन्नुभयो । घुर्की लाएर बसेकी प्रेमिकालाई प्रेमीले भन्छौ भने आकाशको तारा समेत झारिदिन्छु, छोडेर नजाऊ न पि्रय भन्ने पारामा बैद्यलाई प्रचण्डले फकाउनुभयो ।
‘हुन्छ मैले भनेको मान्छौ भने म मिल्न तयार छु’ भनेर बैद्यले पनि घुर्की लाएर बसेकी प्रेमिकाले झैं जवाफ फर्काउनुभयो । एउटा प्रेमपत्र पठाऊ न त भन्ने पारामा लिखित प्रस्ताव दिन उहाँले आग्रह गर्नुभयो । हुन्छ भनेर प्रचण्ड दंग परेको प्रेमी झैं र्फकनुभयो ।
भोलिपल्ट बुधबार प्रचण्डले ‘प्रेमपत्र’ लेखेर तयार पार्नुभयो । पत्र लिन बैद्यलाई आफ्नै निवासमा बोलाउनुभयो । बैद्य आफैंले ‘प्रेमपत्र’ बुझ्नुभयो र घर र्फकनुभयो । खै के लेखेछ, यसले माया जालमा फसाउन मात्र लागेको हो कि साँच्चै त्याग नि गर्छ भनेर प्रेमिकाका साथीहरुले सोधखोज गरे झैं बैद्य निवासमा उहाँ पक्षका नेताकार्यकर्ताको छलफल भयो । सबैले प्रचण्डको पत्र ध्यान दिएर पढे । लौ यो त फेरि मायाजालमा फसाउने खालको मात्र पत्र हो, यसलाई विश्वास गर्न हुँदैन भन्नेमा सबै एकमत भए । अब हामीले पनि ‘प्रेमपत्र’ नै लेखेर जवाफ फर्काउनुपर्छ भन्ने निचोढमा पुगे । बिहीबार सबैको सल्लाहमा बैद्यले ‘प्रेमपत्र’ तयार पार्नुभयो । तर ठुस्केर बसेकी प्रेमिकाको पत्र उनका साथीले लगेर दिएजस्तो अरुले नै प्रचण्डलाई लगेर पत्र थमाए ।
‘प्रेमपत्रमा सवालजवाफल’
प्रचण्डले बुधबार ७ बुँदे प्रेमपत्र पठाउनुभएकोमा बैद्यले फर्काएको पत्र भने ६ बुँदाको मात्रै छ । भन्छौं भने घरगृहस्थी सबै छाड्न तयार छु भन्ने प्रेमीको पारामा प्रचण्डलै हदैसम्म लचक भएर फकाउने प्रयत्न गर्नुभयो । तिम्रो कुरा कसरी बिश्वास गर्ने, कुराले मात्रै त म मान्दिन भन्ने प्रेमिकाको पारामा वैद्यले अझै घुर्की लगाउनुभएको छ । प्रचण्ड र बैद्यका फरकफरक ‘प्रेमपत्र’ लाई सारांशमा हेर्दा यस्तै लाग्छ ।
प्रचण्डले बैद्य पक्षले विरोध गर्दै आएका पार्टी निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । उहाँले विगतमा भएका निर्णयहरुको समीक्षा गरि कमी-कमजोरीहरुप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको कुरा पनि स्पष्ट पार्नुभएको छ । उहाँले नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा पनि बताउनुभएको छ । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनैतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको पनि प्रचण्डले भन्नुभएको छ । उहाँले वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादहरुबारे पार्टीमा फोरम सञ्चालन गरि आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउन प्रतिबद्ध हुनुपर्ने बताउँदै छुट्टाछुट्टै रुपमा गर्न लागिएको राष्ट्रिय भेला रोक्नपर्नेमा जोड दिनुभएको छ ।
यसरी प्रचण्डले निकै फकाउने पारामा लेखेको ‘प्रेमपत्र’ मा बैद्य खुशी हुनुभएको छैन । प्रचण्डको प्रस्तावलाई उहाँले पत्र पार्टीलाई एकताबद्ध तुल्याउने उद्देश्यमा नभई फेरि पनि छलछाम गर्ने र धोखा दिने अभिप्रायमा आधारित रहेको भन्नुभएको छ । साँच्चै मिल्ने हो भने नयाँ जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने मूल नीति तथा कार्यक्रममा आधारित कार्यदिशामै पार्टीलाई लैजानुपर्नेमा जोड दिनुभएको छ । सरकारको रक्षाको लागि संविधान सभा र व्यवस्थापिकालाई समेत बलि चढाइएको भन्दै उहाँले प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा भारत सरकारसंग बिप्पा, जलस्रोत संबन्धी समझदारी पत्र लगायतका राष्ट्रघाती एवम् जनविरोधी सम्झौताहरु गरिएका र यसो गर्नु सिधै पार्टी नीति विपरीत हुन गएको उल्लेख गर्नुभएको छ । जनमुक्ति सेनाका विरुद्ध गरिएको नेपाली सेनाको परिचालन र जनमुक्ति सेनाको विघटन र विसर्जन लगायतका निर्णयहरुप्रति आपत्ति जनाउनुभएको छ । संविधानसभा भंग हुनुमा पार्टी नेतृत्व नै दोषी भन्दै लिखित आत्मालोचना र त्यसप्रकारका गल्ती, कमी, कमजोरीहरुको पुनरावृत्ति नहुने प्रतिबद्धतासहितको प्रस्ताव अनिवार्य रुपमा आवश्यक रहेको बैद्यले उल्लेख गर्नुभएको छ ।
दुईथरी ‘प्रेमपत्र’ हेर्दा प्रचण्डले फकाउन लागेको र बैद्यले अझै घुर्की लगाएको जस्तो देखिन्छ । बिछोड हुन लागेका प्रेमी प्रेमिकाको जस्तो यो व्यवहारले दुवैको प्रेम झाँगिने हो या झन् बिछोडको बाटोमा जाने हो, त्यो अब प्रचण्डले फेरि ‘प्रेमपत्र’ लेखेर पठाउने जाँगर देखाउनुहुन्छ कि हुँदैन भन्नेमा भर पर्छ । तर वैद्यहरुको तयारी हेर्दा लाग्छ- उनीहरु प्रचण्डलाई छोडपत्र दिन तयार भइसके, मात्र मिति तोक्न बाँकी छ । त्यसअघि प्रेमपत्रको ओहोरदोहोर केवल औपचारिता मात्र हो ।

गाउँघरमा बास माग्दै के भने प्रधानमन्त्रीले ?

३२ असार, काठमाडौं । आफ्नो गाउँमा प्रधानमन्त्री बास नै बस्नेगरी आउँदैछन् भन्ने थाहा पाएका काठमाडौं झोरमहांकालका बासिन्दा बुधबार अपरान्हदेखि नै खुशीले गद्गद् थिए । प्रधानमन्त्री कुन बेला आउलान् भनेर उनीहरु बाटो हेरेर बसे ।
बेलुकी ६ बजे प्रधानमन्त्री लावालस्कर सहित त्यहाँ पुग्नुभयो । आफ्नो गाउँमा पाइला टेकेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उनीहरुले भव्य स्वागत गरे । गाउँलेको भव्य स्वागत पाएका प्रधानमन्त्री पनि गद्गद् हुनुभयो । केहीबेर स्वागत सत्कार र सोधखोजमै समय बित्यो । त्यसपछि शुरु भयो मुलुकको राजनीति, गाउँको विकास र गाउँलेका समस्याका कुरा ।
हरेक महिना कुनै एउटा गाउँ गएर गाउँलेसँग अन्तक्रिर्या गर्ने अभियानको पहिलो दिन प्रधानमन्त्री भट्टराई बुधबार राजधानीको नजिकै झोरमहांकालका गाउँ पुग्नुभएको हो । बास नै बस्नेगरी गाउँमा आएका प्रधानमन्त्रीलाई गाउँलेले मनमा लागेका कुरा सुनाए । देशको राजनीति र गाउँको समस्या सुनाए । झण्डै दुईघण्टासम्म भएको अन्तक्रिर्यामा प्रधानमन्त्रीले पनि खुलस्त रुपमा आफ्ना कुरा राख्नुभयो ।
यस्तो भयो कुराकानी
गाउँलेसितको अन्तक्रिर्यामा प्रधानमन्त्रीले शुरुमै आफ्नो गाउँ जाने अभियानबारे प्रष्टीकरण दिनुभयो । ‘औपचारिक कार्यक्रम, भाषण र कुनै आवश्वसन बाढ्नको लागि गाउँ जाने कार्यक्रम बनाएको होईन, जनता सँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव संकलन गर्नको लागि यो कार्यक्रम बनाईएको हो’ प्रधानमन्त्रीले भन्नुभयो । देशलाई कसरी अगाडि बढाउने, नीति निर्माण कसरी बनाउने/कस्तो बनाउने भन्नेमा आफ्नो अभियानले सहयोग गर्ने प्रधानमन्त्रीको भनाई थियो । ‘जनताको बुझाई के छ भन्ने बुझ्न र सुन्न म यहाँ आएको हुँ, म प्रशंसा सुन्नको लागि आएको होईन’ प्रधानमन्त्रीले भन्नुभयो -’जनताबाट कटिन्छ की, शहर वजारमा ठुला बडाको हिमचिमले विगि्रन्छ कि भन्ने डर थियो, त्यसै कारण पनि म गाउँ पुग्छु, जनताका पिरमर्का बुझ्न सकिएन भने मनोगत भईन्छ ।’
प्रधानमन्त्रीको कुरा सुनेर गाउँलेहरु पनि दंग परे । त्यसपछि प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनुभयो । ‘जेठ १४ गते हामीले संविधान बनाउन सकेनौं, नेपालको इतिहासको पहिलो संविधानसभा स्वत भंग भयो, यसले जनतामा निराशा, आक्रोस उत्पन्न हुनु स्वभाविक हो’ प्रधानमन्त्रीले भन्नुभयो -’पहिचान सहितको संघियताको विषयमा दलहरुको बीचमा सहमति बन्न नसक्दा संविधानसाभा भंग हुन पुग्यो ।’
सरकारले एकतर्फी रुपमा चुनाव घोषणा गरेको भनेर विपक्षी दलहरुले आलोचना गरिरहेको सन्दर्भमा प्रधानमन्त्रीले सबै विकल्पको समाप्ती भएपछि निर्वानको लोकतान्त्रिक विधि रोजेर निर्वाचनको घोषणा गरको बताउनुभयो ।
उहाँले आफू पदको लोभी नभएको भन्दै जनताको मन जित्ने प्रयास गर्नुभयो । ‘दलहरुको बीचमा विकल्प सहित सहमति हुन्छ भने म एक मिनेटमा कुर्सि छोड्न तयार छु, मलाई प्रधानमन्त्रीको कुर्सीमा टाँसिई रहने कुनै रहर छैन’ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्रीले अगाडि भन्नुभयो -’म अहिल्यै छोड्न तयार छु तर हल खोई ? निर्वाचित प्रधानमन्त्री म हुँ । अव प्रधानमन्त्री बनाउने अर्को तरिका कुन हो, टिके प्रधानमन्त्री बनाउने कुरा हुँदैन । वैधानिक हिसावले प्रधानमन्त्री म नै छु अहिले । अर्को निर्वाचन भएर नचुनिए सम्म प्रधानमन्त्री बन्ने वैधानिक बाटो छैन । प्रधानमन्त्रीको राजीनामा आउनुपर्‍यो भन्नु वाल हठ हो । तर पनि सबै राजनीतिक दलहरुवीचमा सहमति हुन्छ भने म कुनै पनि वेला राजीनामा दिन तयार छु ।’
प्रधानमन्त्रीले अबको चुनावमा जनताको पक्षमा काम गर्नेहरुलाई चुनेर पठाउन पनि गाउँलेहरुलाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक मात्रै होइन, आर्थिक र सामाजिक कुरा पनि खुलेरै गर्नुभयो । ‘आर्थिक सम्वृद्धिको दिशा तर्फनै अगाडि बढ्नुपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो -’राजनीतिक प्रक्रियालाई सकेर आर्थिक विकासको दिशामा लाग्नुपर्छ ।’
प्रधानमन्त्री भट्टराईले कृषिलाई आधुनिकीकरण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । ‘रोजगारीको अवसरहरु सृजना गर्नुपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो -’रुग्ण उद्योगहरुलाई संञ्चालनमा ल्याएर ग्रामिण रोजगारीको अवसर सृजना गर्न सकिन्छ ।’
गाउँमै बास
गाउँलेसित झण्डै दुईघण्टा अन्तक्रिर्या गरेपछि उहाँले त्यहा बेपत्ता परिवारसित पनि भेट गर्नुभयो । स्थानीय जयराम लामिछानेको घरमा खाना खानुभयो । त्यहीँ बस्नुभयो । साथमा पत्नी हिसिला यमी पनि हुनुहुन्थ्यो । बिहीबार बिहान ६ बजे उठेर प्रधानमन्त्री स्थानीय दुईवटा विद्यालयमा पुग्नुभयो । त्यहाँ पनि शिक्षक र विद्यार्थीले भव्य स्वागत गरे । त्यसपछि उहाँ बालुवाटार र्फकनुभयो । बाटोमा पर्ने जितफुरफेदी गाउँमा महजोडीले सञ्चालन गरेको कृषि फार्म अवलोकन गर्नुभयो ।
हरेक महिना गाउँ पुग्ने पहिलो कार्यक्रम प्रधानमन्त्रीले समापन गर्नुभएको छ । राजीनामाको लागि दबाब बढिरहेको बेला अर्को महिना उहाँको दोस्रो कार्यक्रम सफल हुने हो कि होइन त्यो हेर्न बाँकी छ । गाउँका समस्या बुझ्न गाउँ जाने अभियान बनाएको भनेर प्रधानमन्त्रीले भनेपनि चुनावको बारेमा अन्योल भैरहेको बेला भट्टराईले चुनावी अभियान शुरु गरिसक्नुभयो भनेर एकथरीले कुरा काट्न थालेका छन् ।

Monday, June 4, 2012

यहीबाट जानु पर्‍यो

राजधानीको दरबारमार्गमा बाटो पार गर्दै एक युवती । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर